काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा आदर्श लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बिओके क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका हुन् ।
आदर्श लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
अब शेयर निष्काशन भईसकेपछि संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटलले गर्नेछ ।