IME Life New

नेपाल राष्ट्र बैंक सहित १५ बैंकको सिस्टम ह्याक गर्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंक सहित १५ वटा बैंकहरुको सिस्टम ह्याक गर्न चेतावनी सहित इमेल र फोन मार्फत चेतावनी आएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाललाई फोन नै गरेर ह्याकरले सिस्टम ह्याक गर्ने चेतावनी दिए पछि बैंकिङ क्षेत्रमा सनसनी फैलिएको छ ।

ह्याकरले सिस्टम ह्याक गर्ने चेतावनी दिए पनि बैंकहरुको फायर वालहरु सुरक्षित रहेकोले नआत्तीन राष्ट्र बैंकले अनुरोध गरेको छ । ह्याकरहरुले इमेल गरेर १५ वटा बैंकहरुको नामावली नै सार्वजनिक गरेका छन् । उक्त नामावलीमा रहेका बैंकहरुले उच्च सतर्कता अपनाएका छन् । राष्ट्र बैंकले सबै बैंकलाई सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन आग्रह  समेत गरिसकेको छ ।

Esewa
Crest

ह्याकरले फोन र इमेल मार्फत चेतावनी दिए पछि नेपाल राष्ट्र बैंकले प्राविधिकहरु लगाएर छानविन समेत सुरु गरिसकेको छ । ह्याकरले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम रहेको छ । विज्ञहरुले उक्त इमेललाई खेलाचीको रुपमा नलिन समेत अनुरोध गरेका छन् । नेपालमा पटक पटक ह्याकरहरुले बैंकको सिस्टम ह्याक गरेर पैसा लगेको धेरै उदाहरण बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS