IME Life New

शेयरधनीलाई नगद लाभांश लिन नेपाल एसबिआई बैकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ । साधारण सभाबाट पारित भएको लाभांशको पूर्जा संकलन नगरी वा संकलन गरेर पनि लाभांश पूर्जाको रकयम सटही नगरेको उल्लेख गर्दै कम्पनीले विभिन्न मितिमा जारी हकप्रद शेयर खरीदका लागि आवेदन पेश गरी फिर्ता भएको लगानीको रकम हालसम्म लिन केहि शेयरधनी अझै नआएकोले सो रकम आग्रह गरेको हो ।

बैंकले पाँच वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांश रकम र सम्वन्धित शेयरधनीको नामसहित बैकको वेबसाइटमा राखेको जनाएको छ ।

Esewa
Crest

शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हात्तिसार काठमाडौंबाट लाभांश रकम बुझिलिन सक्ने बैंकले जनाएको छ।

विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश पाँच वर्ष पुग्दा पनि शेयरधनीले लिन नआएकाले लाभांश रकम कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषको व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७३ अनुसार स्थापित लगानीकर्ता संरक्षण कोषमा पठाएको समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS