काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।
अब कम्पनीको शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत(६०ः४०) कायम भएको कम्पनीले जनाएको छ ।