IME Life New

कामना सेवा विकास बैंकको अधिकांश सूचकमा प्रगति, वितरणयोग्य मुनाफा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४८४ दशमलव ९० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ। समीक्षा अवधिमा बैंकको जगेडा कोष ९४ दशमलव २० प्रतिशत, निक्षेप ३९ दशमलव ३२ प्रतिशत र कर्जा ४९ दशमलव ७७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकले समिक्षा अवधिमा ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ ।

Esewa
Crest

यस अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समिक्षा अवधिमा १ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी २९ दशमलव ९२ प्रतिशतले बढी हो ।

बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS