IME Life New

एशियन लाइफद्धारा ३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घर जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँ घरमै पुगेर मृत्यू दावी भत्तानी हस्तान्तरण गरेको हो ।

गत कार्तिक २० गते जुम्ला शाखा अन्तर्गत सिँजा उपशाखा कार्यालयबाट ३ लाख रुपैयाँ बीमाङकको दम्पती सूरक्षा प्लस बीमा योजना खरीद गरेका मृतक लक्ष्मी अधिकारीको पति रामकृष्ण अधिकारीलाई ३ लाख पाँच सय छ रुपैयाको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

स्वर्गिय लक्ष्मी अधिकारीले प्रथम बीमा शुल्क बापत २२ हजार ९८५ रुपैया बुझाएका थिए ।

कार्यक्रममा जुम्ला शाखाका शाखा प्रबन्धक बीर बहादुर भण्डारी सोही वडाको जनप्रतिनिधि पूर्ण चन्द्र आचार्य,कम्पनीका सिनियर एजेन्सि मेनेजर मन बहादुर बुढा,दान बहादुर महरी,बिरेन्द्र बहादुर शाही,राम प्रसाद आचार्य,सिँजा उपशाखा प्रमुख बिस्न बहादुर बुढा लगायत चुलेलगाउँ निवासी समुदायको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS