IME Life New

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचार वापत १० लाख रुपैयाँ भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको बेंकले जनाएको छ ।

Esewa
Crest

कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पिएइ प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ ।

बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको कटुवालले बताए । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ,’ उनले भने ।

बैंकको बीमा सहितको निक्षेप योजना अन्तर्गत अहिलेसम्म देशभरका ४८५ जना भन्दा बढी ग्राहकले बीमा वापतको ३ करोड २० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS