IME Life New

बीमा समितिको कडा नीतिले शाखा प्रमुखहरु टार्गेट पुरा गर्न नसकेर तनावमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । असार महिनाको अन्त्यमा पहाड जस्तै अग्लो देखिएको वार्षिक व्यवसायीक लक्ष्य पुरा गर्नको लागी यस पटक शाखा प्रबन्धकहरुलाई निक्कै अत्यास लागेको छ । पोहोर एकल बीमाशुल्कको आडमा बीमितसँग पुरा बीमाशुल्क नै नलिई बीमालेख जारी गर्ने र मनग्य बीमाशुल्क आम्दानी देखाउने प्रवृत्तिले यसपटक निरन्तरता पाउन नसकेपछि अप्ठेरो थपिएको छ ।

कसरी गर्दैछन् पैसाको श्रोत व्यवस्थापन ?
शाखा प्रबन्धकहरु जसरी पनि व्यवसायीक लक्ष्य पुरा गर्नैपर्ने उच्च व्यवस्थापनको दबाबका कारण तनावमा छन् । व्यवसायीक लक्ष्य पुरा गर्नको लागी हर संभव प्रयास भइरहेको प्रबन्धकहरुको भनाई छ । संभावित बीमित तथा आशालाग्दो अभिकर्ताहरुसँग राती अबेरसम्म भएपनि सम्पर्क स्थापित गरेर जीवन बीमालेख बिक्री गर्नको लागी प्रयास गरिरहेको उनीहरुले बताए ।  उधारोमै भएपनि बीमालेख जारी गर्नको लागी शाखा प्रबन्धक र अभिकर्ताहरु पैसाको श्रोत व्यवस्थापन गर्न बाध्य छन् ।

Crest

आफू कार्यरत बीमकबाटै कर्मचारी सुविधा अन्तर्गत कर्जा सुविधा लिएर, निजी बचतको रकम खन्याएर, पैसा सापटी लिएर, आफ्नै नाममा रहेको बीमालेखको धरौटीमा कर्जा लिएरै भएपनि पैसाको जोहो गर्नु परिरहेको उनीहरुको गुनासो छ । वास्तविक बीमितले प्रथम बीमाशुल्कको लागि आवश्यक रकम नतिरे पनि अभिकर्ता वा शाखा प्रबन्धकले आपसी विश्वासको आधारमा पछि भुक्तानी गर्ने शर्तमा बीमालेख भिडाई दिने गरेका छन् । यसो गर्दा उनीहरुले बीमालेख बिक्री गरेवापतको नियमित कमिशनको साथै अतिरिक्त सुविधा समेत प्राप्त गर्ने भएको हुँदा तर जे जति गरेपनि कोरोना महामारीको दोश्रो चरणले व्यवसायीक क्षेत्र निक्कै थला परेको र आम नागरिकको विप्रेषण आम्दानी, नियमित आम्दानी र बचतमा समेत धक्का लागेको छ ।

लामो समयसम्म रोजगारबिहीन हुनुपर्दा वा अतिरिक्त आम्दानीको श्रोत सुक्दा जागिरेलाई र ठूलो नाफा हुने घरजग्गा व्यवसाय, हार्डवेयर व्यवसाय, हुण्डी कारोबार, आयातनिर्यात कारोबार ठप्प प्रायः रहँदा समेत ठूलो रकमको जीवन बीमा योजनाको लागी बीमाशुल्क तिर्न आम नागरिकलाई कठिनाई भइरहेको अभिकर्ताहरु बताउछन् ।

पोहोर कसरी व्यवसायीक लक्ष्य हासिल भएको थियो ?
पोहोर असार मसान्तमा अधिकांश जीवन बीमकहरुले पुरै बीमा अवधिको बीमाशुल्क एकमुष्ठ  एकै पटकमै तिर्न मिल्ने सुविधा भएको एकल बीमाशुल्क बीमा योजनाको व्यापक दुरुपयोग गरेका थिए । बीमकहरुले आफ्नो कूल नयाँ व्यवसायको २५ प्रतिशतभन्दा बढी सम्म पनि एकल बीमाशुल्कमा आधारित बीमालेख जारी गरेर मनग्ये प्रथम बीमाशुल्क आम्दानी देखाए ।

एकातिर बीमकहरुले व्यवसायीक लक्ष्य हासिल गरेको दाबी गरिरहँदा एकल बीमाशुल्ककै कारण अभिकर्ताहरुले पनि सहजै बीमाशुल्क आर्जनको वार्षिक लक्ष्य पुरा गरेर अतिरिक्त सुविधा हात पार्न सफल भए । गतवर्ष मिलियन डलर राउण्ड टेबल(एमडिआरटी)को सदस्यताको लागी योग्य हुने अभिकर्ताको संख्या नेपाली जीवन बीमाको क्षेत्रमा ह्वात्तै बढ्नुमा एकल बीमाशुल्क सहयोगी बनेको थियो ।

एकल बीमाशुल्कमा बीमितले ५ देखि २० वर्षसम्मको बीमा अवधिको बीमाशुल्क एकमुष्ठ तिरेपछि ३० दिनपछि आफूले तिरेको बीमाशुल्कको ८० प्रतिशतसम्म कर्जा लिन सक्ने सुविधा रहेको थियो । कागजीरुपमा ३० दिनपछि कर्जा जारी गरिएको उल्लेख भएपनि व्यवहारमा बीमालेख जारी गरेको भोलिपल्टै बीमालेखको धितोमा यस्तो कर्जा उपलब्ध गराइएको थियो भने श्रावण १ देखि ब्याक डेटमा पोलिसी जारी गर्न नपाइने व्यवस्थाले बीमा क्षेत्रमा रहेको केहि विकृति कम हुने देखिन्छ।

अझ बीमा समितिले बीमकहरुलाई यस्तो बीमालेखको धितोमा कर्जा दिन रोक लगाई दिएपछि बीमकहरुले आफैंले कर्जा नदिएर बीमकको लिखित जमानीमा बैंकहरुमार्फत् कर्जा दिलाएका थिए । बैंकहरुले धितोवापत एकल बीमाशुल्क तिरेर जारी गरिएको बीमालेखको कागजपत्र नियन्त्रणमा लिएपनि कर्जा जारी गर्नको लागी चाहिं बीमकले लिखितरुपमै बैंक वित्तिय संस्थाहरुलाई आग्रह गरेका थिए । विकृति बढेको गुनासो आएपछि यस्तो कर्जामा पनि बीमा समितिले अंकुश लगाइ दियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS