काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीयले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी आज असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । महिला सहयात्रा लघुवित्तलाई नेशनल माइक्रोफाइनान्सले १०० कित्ता बराबर ६८ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ति गरेको हो । यस आधारमा महिला सहयात्राको १०० शेयर हुने शेयरधनीहरुले नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर प्राप्त गर्नेछन् ।
प्राप्ति पश्चात दुई कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गर्न लागेका हुन् । ती दुबै कम्पनीले गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती सम्बन्धि प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकबाट गत वैशाख १५ गते महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेशनल माइक्रोफाइनान्सले सैद्धान्तिक सहमति प्राप्त गरेकोे थियो ।
नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङ्गमा र महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरमा रहेको छ । एकीकृत कारोबार पछि केन्द्रीय कार्यालय पुछारबजार, धादिङ्गमा रहने कम्पनीले जानकारी दिएको छ ।