Connect IPS
IME Life

सिटिजन लाइफद्वारा ५ लाख ६९ हजार मृत्यु दावी रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर, कपिलवस्तु शाखाले मृत्यु बीमा दाबी हस्तान्तरण गरेको छ । कम्पनीले बीमितिको घरमै पुगेर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । ८ महिना अगाडि कम्पनीको जीतपुर शाखाबाट ५ लाख बिमाङ्कको डबल सुरक्षा योजना बीमालेख लिएका बाणगंगा ०४ कपिलवस्तुका नेत्रमणी बराललाई कम्पनीले  ५ लाख ६९ हजार रुपैयाँ हस्तान्तरण गरेको  छ ।

मृतकको श्रीमती भूमिकाला बरालाई उक्त बराबरको रकम हस्तान्तरण गरेको हो । स्वर्र्गीय बरालको प्रिमियम बापत ५० हजार ३७३ रुपैया प्रथम बीमा शुल्क बुझाएका थिए ।

Prabhu
Crest

कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक जितपुर एरिया लक्ष्मण मरासिनीले कम्पनी र जीवन बीमाको महत्त्व बारे प्रकाश पार्नुका साथै मृतक परिवारले दुई गुणा बिमाङ्क अन्तर्गत थप एक गुणा ५ लाख बीमा रकम बीमा समाप्ति अवधिमा सोही परिवारलाई फेरि भुक्तानी दिने जानकारी गराए ।

कार्यक्रममा बा न पा ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले सबैले बीमा गर्नु आवश्यक रहेको र बीमा गर्दा भरपर्दो संस्थाबाट गर्नुपर्ने कुरा व्यक्त पारे । उनले सिटिजन लाइफले छोटो समयमै धेरै जनताको विश्वास जित्न सफल भएको भन्दै थप सफल्ताको सुभकामना समेत व्यक्त गरे ।

त्यसैगरी शाखा प्रबन्धक सम्झना आचार्यले दाबी भुक्तानी कम्पनीले डिजिटल माध्यमबाट छिटो र सहज तरिकाले गरेको बताइन। एजेन्सी म्यानेजर चन्दा पौडेलले दाबी भुक्तानी हस्तान्तरण छिटो भन्दा छिटो उपलब्ध गराएर सिटिजन लाइफले आम मानिसमा जीवन बिमाप्रती सकारात्मक धारणा बनाउन प्रयासरत रहेको बताइन् ।

कार्यक्रममा ब्रान्च अफिस एसोसिएट सागर बन्जाडे,एजेन्सी म्यानेजर मधु भुसाल,जमुना सापकोटा,रितु खरेल,जानुका भुसाल,कला आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS