काठमाडौं । शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
सर्वोच्च अदालतको सोमबारको परमादेश कार्यान्वयन गर्दै भण्डारीले नियुक्ती गरेकी हुन् । देउवाले आजै शपथ खाने तयारी भैरहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । देउवा यसअघि २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन्।