IME Life New

बंगलादेशको आइएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको शेयर बिक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेश बैंकले आइएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको सम्पुर्ण शेयर बिक्री गरेर बाहिरिने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैंठकले आइएफआईसी बैंकको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता र आर्थिक वर्ष २०७७/७८ मा प्राप्त हुने बोनस शेयर सहितको संस्थापक शेयर बिक्रीका लागि बोलकबोल आह्वान गर्ने निर्णय गरेको छ ।

आइएफआईसी सँग भएको संयुक्त लगानी सम्बन्धी सम्झौता बमोजिम बक्रीमा रहेको संस्थापक शेयरहरु खरिद गर्ने पहिलो हक विध्यमान अन्य संस्थापक शेयरधनीहरुको हुने भएकोले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त शेयरहरु बिक्री गर्न बैंकका सम्पूर्ण संस्थापक शेयरधनीहरुको जानकारीका लागि ३५ दिने सूंचना प्रकासित गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

Esewa
Crest

सोहि सूचनाका आधारमा अवको ३५ दिन भित्रमा विध्यमान संस्थापकहरुले खरिद गर्न चाहेको रकमको उपलब्धताको पुस्ट्याई हुने कागजात समेत संलग्न गर्नु पर्नेछ । सोहि अवधि भित्र कसैको निवेदन प्राप्त नभएमा पर्याप्त निवेदन प्राप्त नभएमा वा प्राप्त निवेदनहरु उक्त व्यवस्था बमोजिम फिट एण्ड प्रपर टेष्टबाट अयोग्य देखिएमा वा प्राप्त विवरणहरु पूर्ण नभई फिट एण्ड प्रपर टेष्ट गर्न नसकिएमा नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त शेयरहरु बिक्री गर्न आवस्यक कारबाही अघि बढाइने बैंकले जनाएको छ ।

प्राप्त आवेदनमा प्रस्तावित खरिद गर्न चाहेको शेयरको मूल्य र संख्याका आधारमा जुनसुकै आवेदन स्वीकार अस्वीकार गर्न सक्ने अधिकार विक्रेता आईएफआईसी बैंक सँग सुरक्षित रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS