काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले भक्तपुर निबासी मृतक गिता वाग्लेको आमा पदम कुमारी वाग्लेलाई बीमा वापतको १० लाख २८ हजार रुपैयाँ दाबी रकम हस्तान्तरण गरेको हो ।
मृतक वाग्लेको कोभिडका कारण मृत्यु भएको थियो । उक्त रकम बराबरको चेक कम्पनीका मार्केटिङ हेड माधब शर्माले मृतककी आमालाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा कम्पनीका ३ नम्बर प्रदेशका प्रमुख हरिप्रसाद ढुङ्गाना,कोटेश्वर शाखाका शाखा प्रमुख बिष्णु रानामगर,सुर्यबिनायक शाखाका शाखा प्रमुख सरोज खोटेजा,२०७५/७६का कम्पनीका बीमा रत्न दामोदर गौतम, एमडिआटी सुमन श्रेष्ठ र कम्पनीका अभिकर्ता तथा स्थानीय ब्यक्तिहरुको उपस्थिति थियो।