काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति पछि आज असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।
असार १५ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेपछि यी दुबै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। नबिलले युनाइटेडलाई १००ः३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन ।