IME Life New

भारतीय जीवन बीमाले कमाए ४ खर्ब ८० अर्ब प्रथम बीमा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जीवन बीमा उद्योगको गत आर्थिक वर्षको जुन महिनाको तुलनामा जून महिनामा चार प्रतिशतको न्यून वृद्धि देखिएको छ।
भारतीय बीमा नियामक र विकास प्राधिकरण (IRDAI) द्वारा प्रकाशित तथ्यांक अनुसार, प्रथम बीमाशुल्क आम्दानी जुन महिनामा ४८०१५.१६८ करोड रहेको छ। अघिल्लो आर्थिक वर्षमा जुनमा प्रथम बीमाशुल्क आम्दानी ४६१८९.८८ करोड रहेको थियो।

भारतको सरकारी बीमा कम्पनी जीवन बीमा निगम (एलआईसी) को गत महिनाको अवधिमा एफपीआईमा ४.१४ प्रतिशतले गिरावट आएको छ। यसको प्रथम बीमाशुल्क आम्दानी जून महिनामा ३४,८७४.०४८ करोड रहेको छ ।

Esewa
Crest

भारतमा कुल २४ वटा जीवन बीमा कम्पनीहरू छन्। बाँकी २३ जीवन बीमाकर्ताहरूले जून २०२० को तुलनामा गत जुनमा ३४ प्रतिशतले वृद्धि गरेका छन्। उनीहरूले जुन २०२१ मा १३१४१.१२ करोड आम्दानी गरेका छन् ।

आर्थिक वर्ष २०२१ /२२ को अप्रिलदेखि जुन महिनाको अवधिमा जीवन बीमा उद्योगको प्रथम बीमाशुल्क आम्दानी ६.८७ प्रतिशतले वृद्धि भई ८४,३६०.४१६ करोड पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ७८,९३६.७०४ करोड रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS