चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले माघ ८ गते सीए सम्मेलन गर्ने भएको छ । उक्त सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा तीन वटा प्राविधिक सत्रहरु हुने बताइएको छ ।
जसमा ‘सीए पार्टनर इन नेसनल प्रस्पेरिटी’, ‘चार्टर्ड एकाउन्टेन्ट इन्डस्ट्री’ र ‘चार्टर्ड एकाउन्टेन्ट इन प्राक्टिस’ रहेका छन् । सम्मेलनमा सीएका रोजगारीका क्षेत्र, चुनौती र उद्योगमा खेलेको भूमिकाका विषयमा छलफल हुने आयोजकले जानकारी गराएको छ ।