IME Life New

स्वास्थ्य सामाग्री खरिदका लागि जीवन बीमक संघले डेढ करोड जुटाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघले जीवन बीमा कम्पनीहरु सँग स्वास्थ्य सामाग्री तथा उपकरण खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्ने हिसावले रकम संकलन गर्ने निर्णय गरेको छ । संघले संघमा आवद्ध भएका जीवन बीमा कम्पनीहरु सँग कम्तिमा पनि साढे सात लाख रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । कार्य समितिमा रहेका कम्पनी बाहेक सदश्य कम्पनीहरुलाई पनि सहभागी हुने अनुरोध गरिएको संघका कोषाध्यक्ष प्रविण रमण पराजुलीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ को तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि आवस्यक तयारीका लागि तयारी गरिरहेको छ । यसै क्रममा मन्त्रालयले देशभरीका सरकारी अस्पतालमा आइसियु र भेण्टिलेरको लागि २७५ वटा उच्च प्रविधि सहितको बेड आवस्यकता महसुश गरि खरिद प्रकृयाा अगाडि बढाएको छ ।  मन्त्रालयलाई उक्त कार्यका लागि विभिन्न संघ संस्थाहरुले आर्थिक सहयोग गरिरहेका छन् । अहिलेसम्म १० वटा जीवन बीमा कम्पनीको सहयोग आइसकेको र बाँकी कम्पनीको पनि आउने क्रममा रहेको पराजुलीले जानकारी दिए ।

Esewa
Crest

संघका पदाधिकारी मातहतका कम्पनीले साढे सात लाख भन्दा माथिको सहयोग गरेका छन् । यसमा सहयोगको सिमा नतोकिएकाले कम्पनीहरुले आफु खुसी सहयोग गर्न सक्ने छन् । यदि साढे सात लाखका दरले मात्रै १९ वटा कम्पनीको सहयोग संकलन भयो भने मन्त्रालयलाई झण्डै डेड करोड सहयोग पुग्ने देखिएको छ ।

जीवन बीमक संघ जस्तै बैंकर्स संघले तथा अन्य विभिन्न वित्तीय संस्थाहरुका संघहरुले मन्त्रालयलाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गरिरहेका छन् । कोभिड १९ को तेस्रो लहरले बालबालिकालाई सबैभन्दा बढि प्रभावित पार्ने देखिएकोले केहि समयमै भेण्टिलेटर तथा आइसियुको अभावमा बालबालिकाको मृत्यु हुने अवस्था आउने भएकाले जति सक्दो छिटो सहयोग रकम संकलन गरेर मन्त्रालयलाई बुझाउने तयारी भएको कोषाध्यक्ष पराजुलीले जानकारी दिए । उनले भने ‘यो संस्थागत पहल हो । सरकार वा अन्य कुनै निकायले अनिवार्य गरेको विषय होइन ।’

यो सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नै पर्ने भएर भन्दा पनि संस्थागत उत्तरदायित्व अन्तर्गत रहेर खर्च गरिएको संघले जनाएको छ । कोभिड उपचारका लागि आइसियु तथा भेण्टिलेटरमा प्रयोग हुने वेड धेरै नै खर्चिलो हुने गरेको छ । यस्तो संकटको घडिमा नेपाल सरकारलाई सहयोग गर्दा संस्थाको पनि हाइट बढ्ने भन्दै यस्तो पहल लिइएको हो । जीवन बीमा क्षेत्र पनि अन्य क्षेत्र जस्तै ठुलो भैरहेको छ । भोलिका दिनमा यसले अझै ठुला ठुला सहयोग गर्ने सक्ने सन्देश सहित सहयोग रकम संकलन भैरहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS