काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखा कार्यालयले २० लाख ५२ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । बीमा गरेको दुइ वर्ष पुरा नहुदै धनगढी–१३ का २४ बर्षिय योगेश अवस्थीको गत वैशाख २० गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
मृत्यु पछी लकडाउनका कारण आवश्यक कागजात जुटाउन समय लागेपनी मृतककी आमा श्रीमती ललीता अवस्थीले आवश्यक कागजात बुझाएको एक साता भित्रै मृत्यु दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सेनाले बीमा कम्पनीबाट पाउनुपर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने अफवाहका कारण बीमा प्रति बढ्दै गैरहेको अविश्वसकाविच आइएमई लाइफले एक हप्ता भित्रै दावी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको बताएका छन् ।
कार्यक्रममा आइएमई लाइफ धनगढी शाखा तथा प्रदेश कार्यालयका सवै कर्मचारीहरुको उपस्थितरहेको थियो ।