IME Life New

जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड, भाग्यमानी एक लाख ८४ हजार ८०१ ले पाए शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाले निष्काशन गरेको प्राथमिक शेयर आज बुधवार बाँडफाँड भएको छ । आज भएको बाँडफाँडमा २० लाख १८ हजार ३०१ योग्य आवेदक मध्ये भाग्यमानी एक लाख ८४ हजार ८०१ जनाले शेयर प्राप्त गरेका हुन् । उनिहरु मध्ये ५ जनाले ११ कित्ता शेयर प्राप्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो । सर्वसाधारणका लागि आह्वान गरिएको प्राथमिक शेयरका लागि २० लाख १८ हजार ३०१ जनाको योग्य आवेदन परेको थियो । तर ६५ हजार ५३८ जनाको आवेदन भने रद्द भएको  बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

Esewa
Crest

जीवन विकास लघुवित्तको शेयरमा आवेदन दिने मध्ये १८ लाख ३३ हजार ५०७ जनाको हात खालि भएको छ । संस्थाका ७६३ कर्मचारीले ३० हजार ४२० कित्ता शेयर प्राप्त गरेका छन् । त्यस्तै १३ म्युचुअल फण्डले ९८ हजार ८६५ कित्ता शेयर प्राप्त गरेका छन् ।

प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुगेको छ । जस मध्ये संस्थापक समुह तर्फ ६७.५० प्रतिशत र सर्वसाधारण समुह तर्फ ३२.५० प्रतिशत कायम भएको छ ।

प्राथमिक शेयर निष्काशन गर्नु अगाडि संस्थाको प्रमुख शेयरधनीहरुको हिस्सा जीवन विकास समाजको ३० प्रतिशत, प्रभु क्यापिटलको १३ प्रतिशत, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्टको ९ प्रतिशत, सल्भको ७ प्रतिशत, एनआईसी एशिया बैंकको तीन प्रतिशत र सामुदायिक महिला विकास केन्द्रको एक प्रतिशत शेयर रहेको थियो । संस्थापक शेयरधनीहरु मध्ये संस्थागत ६ वटा र व्यक्तिगत ६६ जना रहेका छन्।

प्राथमिक शेयर निष्काशन पछि संस्थागत लगानीकर्ताको हिस्सा ४३.४० प्रतिशतमा झरेको छ भने संस्थापक तर्फकै व्यक्तिगत लगानीकर्ताको हिस्सा २४.१० प्रतिशतमा झरेको छ । प्राथमिक शेयरधनीहरुको हिस्सा ३२.५ प्रतिशत कायम भएको छ। नियम अनुसार बैंक तथा वित्तीय संस्थामा संस्थापक समुहले अधिकतम ७० प्रतिशत मात्रै हिस्सा राख्न पाउने भएकाले संस्थाले २.५० प्रतिशत सर्वसाधारण समुहमा बढाउन एफपिओ, मर्जर या कर्भर्जन मोडेल अपनाउन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS