IME Life New

शेयरधनीलाई पुरानो लाभांश लिन बोटलर्स नेपाल (तराई) को आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले कए सुचना जारी गर्दै आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धी शेयरधनीहरुले वा निजको हकवालाले पाँच वर्ष पुगिसक्दा पनि हालसम्म लाभांश लिन नआएकाले उक्त लाभांश लिन अनुरोध गरेको हो ।

Esewa
Crest

हालसम्म पनि लाभांश नलिएका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा आफ्नो शेयर प्रमाणपत्रका साथ यो सूचना प्रकाशित भएको एक महीनाभित्र सम्पर्क गरी लिन सक्ने कम्पनीले जनाएको छ ।

सुचना प्रकाशित भएको मितिले एक महिनाभित्र लाभांश लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगाकीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS