काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री गरेको शेयर बाँडफाँड तथा रकम फिर्ता भुक्तानी गरेको हो ।
म्पनीले यसअघि मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र १०० देखि ३३० सम्मको दरले शेयर खरीदका लागि बोलपत्र पेश गर्ने शेयरधनीहलाई २ लाख ४५ हजार १६० कित्ता शेयर बाँडफाँड गरेको हो । उक्त बाँडफाँडमा नपरेको शेयर बापतको शेयर असार २२ गतेदेखि सम्बन्धित आवेदकहरुको बैंक खातामै रकमान्त्तर गरिने कम्पनीले जनाएको छ ।
यस पटक पनि कम्पनीको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर विक्री हुन सकेन । यस पटक विक्री नभएको यस शेयर कम्पनीले असार २९ गतेदेखि पुनः लिलामीमा ल्याउने भएको छ ।