काठमाडौँ । नेपाल राष्ट्र बैंकले ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज १९ गते परिपक्क हुनेछ ।
यस ट्रेजरी बिल भोलि (असार २२ गते,दिउँसो ३ बजे बोलकबोल भएर पर्सी (असार २३ गते बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।