Connect IPS
IME Life

नबिल बैंकको ‘नबिल दिगो बैंकिङ’ स्थापना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकालाई वित्तीय पहुँच प्रदान गर्दै मुलुकका दुर्गम स्थानमा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यअनुसार यस्तो कार्यक्रम घोषणा गरेको हो ।

संयुक्त राष्ट संघको दिगो विकास लक्ष्यसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालका लागि स्थायी लघु उद्यम सिर्जना गर्ने सुविधा प्रदान गर्ने सोच लिएको छ ।

Prabhu
Crest

‘समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभाव ल्याउन सक्षम भएको छ । अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ । हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावबारे सचेत रहन आवश्यक छ । नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ । हामी नाफामा मात्र केन्द्रित छैनौं । यसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्नेछ’, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने ।

सुदृढ नेपालका लागि दिगोपन, स्थायित्वको अवधारणालाई रणनीतिगत लक्ष्य बनाएको बैंकले बताएको छ । वित्तीय पहुँच न्यून भएकाका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यवसायिकीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुई उत्पादन ल्याएको छ ।

यी उत्पादन देशव्यापी रूपमा सबै शाखामा ल्याइए बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखामा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS