काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश २ को सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखाको उद्घाटन बैंक अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोे एंव सिरहा नगरपालिका प्रमुख अशेश्वर यादवले संयुक्त रूपमा गरेका हुन् ।
सदरमुकाममा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकका शाखा ६ वटा पुगेको बैंकले जनाएको । हालसम्म बैंकले १६१ शाखा, १६५ शाखारहित बैंकिङ, २ सयभन्दा बढी एटीएम तथा ५ वटा एक्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।