काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल प्रहरीबीच सम्झौता भएको छ । नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाककर्मी सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ हस्ताक्षर गरेका हुन् ।
२०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षका लागि थप सेवा सहित नविकरण गर्ने तथा विना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाईजर प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाहीलाई हस्तान्तरण गरेका थिए ।