IME Life New

कुमारी बैंकका ग्राहकले दृष्टि दि भिजन आइ सेन्टरको सेवामा आकर्षक छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टरबीच सम्झौता भएको छ । उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंकका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौतापछि दृष्टि दि भिजन आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS