IME Life New

जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे साढे २६ अर्ब बीमा शुल्क (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेठ मसान्तसम्ममा २० निर्जीवन बीमा कम्पनीहरुमध्ये १९ निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क भने समितिले तथ्याङ्कमा समावेश गरेको छैन ।

बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २३ करोड,प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, ओरियण्टल इन्योरेन्सले ९५ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८९ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५९ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ५६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS