IME Life
GBIME

नेको इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभा असार ३१ गते

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले असार ३१ गते २५ औं  वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले ज्ञानेश्वरको भवनमा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ । साधारणसभामा १६ दशमलब ३२ प्रतिशत लाभांसको प्रस्ताव लगिने भएको छ । आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस पारित गर्न साधारणसभामा पेश गरिने भएको छ ।

गत वर्ष नगद लाभांस दिएको कम्पनीले यस वर्ष पूँजी बढाउन बोनस शेयरलाई प्राथमिकता दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

Crest

साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज हुने छ । असार १७ गतेसम्म शेयर खरिद गर्नेले प्रस्तावित बोनस शेयर प्राप्त गर्न सक्ने छन् । सभाले अध्यक्षले तयार पारेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।

25th AGM Notice final pdf

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS