काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त शेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
कम्पनीले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,कम्पनी,संघर संस्थाहरुले आवेदन दिन सक्नेछन । आवेदकले शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन ।
विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बोलपत्र असार ११ गते बिहान ११ बजे एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा खोलिने छ जनाएको छ ।