काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सञ्चालक समितिले अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सहसचिव सुमन दाहाललाई नियुक्त गरेको छ । यसअघि अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहेका केदार प्रसाद पनेरुको स्थानमा अर्थ मन्त्रालयका सहसचिव दाहाललाई नियुक्त गरेको बैंकले जनाएको छ ।


















