IME Life New

व्यतित बीमालेख ५ प्रतिशतमा झार्न सम्भव छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई व्यतित बीमालेख  ५ प्रतिशतमा झार्न  निर्देशन दिए सँगै कम्पनीहरु हच्किएका छन् । गत बिहीबार जीवन बीमक संघले बैठक नै राखेर यो सम्भवना नभएको भन्दै निष्कर्ष निकालेको छ ।

स्रोत, साधनले सम्पन्न विकसित राष्ट्रमा पनि व्यतित बीमालेख मुस्किलले ५ प्रतिशत कायम भैरहेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशहरुमा सम्भवन नै नहुने बीमा कम्पनीहरुको राय छ । अमेरिकामै व्यतित बीमा लेख ५ प्रतिशत रहेको छ । दक्षिण एशियाका अन्य तीनवटा मुलुक (भारत, बंगलादेश र श्रीलंका) को व्यतित बीमालेख अनुपात नेपालको भन्दा उच्च रहेको छ ।

Esewa
Crest

छिमेकी मुलुक बंगलादेशको व्यतित अनुपात  सबैभन्दा बढी अर्थात् ५० प्रतिशत रहेको छ। प्रति व्यक्ति आय अमेरिकी डलर १८५५ (रु. २ लाख १८ हजार ८९०)  रहेको यो देशको बीमामा पहुँच १ प्रतिशतमै सीमित रहेको छ । यो देशको साक्षरता दर ७२ प्रतिशत रहेको छ ।

दक्षिणी छिमेकी मुलुक भारतको औसत व्यतित बीमालेख अनुपात २५ प्रतिशत रहेको छ ।  प्रति व्यक्ति वार्षिक आय अमेरिकी डलर २०९९ (रु. २, लाख ४७ हजार ६८२) रहेको भारतको कूल जनसङ्ख्याको जम्मा २.८२ प्रतिशतमात्रै बीमा सुरक्षामा समेटिएको छ । भारतको साक्षरता दर ६६ प्रतिशत रहेको छ ।

९१ प्रतिशत साक्षरता दर रहेको श्रीलंकाको व्यतित बीमालेख अनुपात १२ प्रतिशत छ । कूल जनसङ्ख्याको १.३१ प्रतिशत मात्र बीमाबाट लाभान्वित छ । दक्षिण एशियाली मुलुकमध्ये प्रति व्यक्ति आयको हिसाबले सबैभन्दा अब्बल छ । यसको प्रति व्यक्ति आय अमेरिकी डलर ३८५३ (रु.४ लाख ५४ हजार ६५४) रहेको छ ।

तर नेपालका बीमा कम्पनीहरुको व्यतित बीमालेख अनुपात १ देखि २१ प्रतिशत सम्म रहेको बीमा समितिले जारी गरेको तथ्यांकमा उल्लेख छ । तर केहि वर्षदेखि बीमा कम्पनीहरुले यो अनुपातलाई धेरै हदसम्म सुधार गरेको पनि देखिन्छ ।

बीमालेख कसरी व्यतित हुन्छ?

सामान्यतया बीमितले वार्षिक नविकरण बीमाशुल्क तिर्नुपर्ने मितिबाट ६ महिनासम्म बिनाशुल्क नबुझाएमा बीमालेख स्वत: व्यतित भएको मानिन्छ । यस्तो अवस्थामा बीमालेख अन्तर्गतको अधिकांश सुविधाबाट बीमित बञ्चित हुनपुग्छ । र बीमकलाई पनि अभिकर्ता कमिशन, नियामक निकायलाई तिर्नुपर्ने सलामी दस्तुर, बजार प्रवर्द्धन, कर्मचारी तलब, भत्ता लगायत संचालन खर्चको कारण उच्च लागत हुँदा छोटो समयमै बीमालेख व्यतित भएको अवस्थामा नोक्सानी हुन्छ ।

बीमालेख किन हुन्छ व्यतित ?

बीमितलाई समय छँदै एसएमएस, टेलिफोन, ई-मेल र अभिकर्तामार्फत् बीमाशुल्क तिर्न सूचना गर्छन्। तर कतिपय अवस्थामा बीमितको सम्पर्क नम्बर वा ठेगाना परिवर्तन, बसाईसराई ,वैदेशिक रोजगारीको कारण यस्तो सूचना नपाउन सकेको हुन्छ।

बीमितको नियमित आयलाई बेवास्ता गर्दै अभिकर्ताले जबरजस्ती बचत क्षमताभन्दा बढी रकमको बीमा भिडाउने प्रवृत्ति व्यतित बीमालेख अनुपात उच्च हुनुको मुख्य कारक हो ।

केही अवस्थामा भने काबु बाहिरको परिस्थितिले गर्दा बीमितको आय श्रोतमा भएको अप्रत्याशित संकुचनले गर्दा दैनिक जीवनयापन भन्दा बाहिरको विषय बीमितको प्राथमिकतामा नपर्नु सक्छ । यस्तो अवस्थामा बीमितले नियमितरुपमा बीमाशुल्क भुक्तानीलाई उपेक्षा गर्नपर्ने बाध्यता आइपर्न सक्छ।

बीमितको आय श्रोत निरन्तरताको सुनिश्चितता

आयश्रोतको स्तर, बचत क्षमताको जानाजान उपेक्षा बीमालेख व्यतित गराउने मुख्य कारण हो।

बीमितले एक वर्ष भन्दा बढी समय लगाएर गरेको बचत रकम वा कुनै आकस्मिक लाभबाट प्राप्त रकम जीवन बीमालेख खरिद गर्न खर्च गराइदिने अनि दोश्रो वर्षदेखि ‘तिरे तिरोस् न तिरे नतिरोस्’ भनेर अभिकर्ताले तत्कालको लाभलाई मात्र वास्ता गर्ने प्रवृत्तिले धमिरा सरह दीर्घकालीन  नोक्सानी पुर्याउँछ।

के व्यतित अनुपात पाँच प्रतिशतमा सीमित गर्न संभव छ?

बिमकहरुको नियामक निकाय बिमा समितिले व्यतित बीमालेख अनुपात ५ प्रतिशतमै सीमित गर्न नियन्त्रण गर्न निर्देशन दिएपनि समय सीमा भने तोकेको छैन। र नियन्त्रण गर्न कुनै उपाय सुझाएको छैन।

व्यतित बीमालेख अनुपात उच्च रहेको दक्षिण एशियाली मुलुक बंगलादेशको नियामक निकाय इन्सुरेन्स डेभलपमेण्ट एण्ड रेगुलेटरी अथोरिटीले अभिकर्ताको कमिशनमा शर्त लागू गरेको छ । बीमकहरुले अभिकर्तालाई पहिलो वर्ष वापत उपलब्ध गराउने कमिशनको १० प्रतिशत रकम दोश्रो वर्षको नविकरण बीमाशुल्क प्राप्त भएपछि मात्र भुक्तानी दिन पाउने प्रावधान लागू गरेको छ । १० प्रतिशत कमिशन रोक्का वापतको रकममा ब्याज समेत जोडेर दोश्रो वर्ष एकमुष्ठ उपलब्ध गराइन्छ। यो प्रावधान लागू गरिएपछि नविकरण बीमाशुल्क असुली वृद्धि भएर व्यतित बीमालेखको संख्या क्रमशः कटौती हुन थालेको बंगलादेशी बीमकको अनुभव छ ।

यसैगरी बाँकी वर्षको कमिशनवापतको रकममा समेत निश्चित प्रतिशत रकम रोक्का गरेर आगामी वर्षको बीमाशुल्क असुली पछि मात्र उपलब्ध गराउने व्यवस्था लागू गर्न सकेको अवस्थामा बीमालेख व्यतित हुन नदिन र बीमितलाई बीमाशुल्क नियमित रूपमा तिर्ने बानी बसाल्न सघाउ पुग्नेछ ।

अण्डरराइटिङमा कडिकडाउ जरुरी

बीमालेख व्यतित अनुपात घटाउन बीमकहरुबाट बीमा‌ समितिले कार्य योजना माग गर्नु जरुरी छ। हालको व्यतित अनुपातलाई कति वर्षसम्ममा तोकिएको सीमाभित्र ल्याउने भन्ने योजना बिमकबाट माग गरिएको अवस्थामा बिमा समितिको उद्देश्य पुरा गर्न बिमकलाई दबाब पुग्नेछ।

उचित रुपमा बीमितको आय श्रोतको पहिचान र बचत क्षमताले थेग्न सक्ने गरी मात्र बीमांक र बीमाशुल्कको बीमालेख जारी गर्न सके व्यतीत अनुपात नियन्त्रण गर्न सकिन्छ।

साथै सकृय अभिकर्ता जति बढी उत्पादन गर्न सक्यो उति बढी बीमितसँगको नियमित सम्पर्कले बीमाशुल्क असुलीमा‌ सकारात्मक योगदानमार्फत् व्यतित नियन्त्रण गर्न सघाउ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS