IME Life New

रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

साधारणभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल भई पारित भएको छ ।

Esewa
Crest

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने  प्रस्ताव पारित भएको छ । यस रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका आर्थिक वर्ष २०७६/०७७ को लेखापरिक्षणका सम्बन्धमा कम्पनी ऐन को दफा १११(३) बमोजिम एउटै लेखापरिक्षकले लगातार तीन पटकभन्दा बढी लेखापरीक्षण गर्न नमिल्ने भएकाले साविकका लेखापरीक्षक जि एण्ड जि एशोसिए्ट पुनः नियूक्तीको लागि योग्य नहुनु भएको कारणले लेखापरीक्षण समितिको सिफारीस वमोजिम लिङ्देन पि एण्ड एशोसिए्टलाई आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकमा नियूक्त गरेको छ ।

सभामा सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ । अब प्राथमिक शेयर निष्काशन गर्ने सम्पुर्ण कानुनी बाटोहरु खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS