काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा लाग्ने बिलम्व शुल्कमा शत प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार २५ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
कम्पनीको बीमा शुल्क भुक्तानी इसेवा, आइएमई पे, प्रभु पे, खल्ती, फोन पे र कनेक्ट आइपीएस मार्फत गर्न सकिने जनाएको छ । नगद तथा चेक भुक्तानी गर्नका लागि कम्पनीले शाखा तथा उप शाखा कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।













