IME Life New

आइएमई लाइफको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा काठमाण्डौंको लैनचौरस्थित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यलयमा भिडियो कन्फरेन्सका माध्यमबाट सम्पन्न भएको हो ।

उक्त सभामा आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित भएको छ।

Esewa
Crest

साथै, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने , कम्पनीले धितोपत्र दर्ता गरी शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।
सभामा बोल्दै सभाका अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका समूहमा समेत पु¥याउन कटिबद्ध रहेको प्रतिबद्धता जाहेर गरे ।

उक्त सभा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डलाई पालन गरी भिडियो कन्फरेन्स सभामा सञ्चालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागिय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेको थिए भने शेयधनीहरुले भिडियो कन्फरेन्स मार्फत उपस्थिति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS