IME Life New

यस साता जीवन तथा निर्जीवन बीमा क्षेत्रमा के-के गतिविधी भए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता बीमा क्षेत्रमा विभिन्न गतिविधीहरु भए । यस साता बीमा समितिले बीमा क्षेत्रका लागि विभिन्न निर्देशन जारी गर्नुको साथै बीमा कम्पनीहरुको साधारण सभा सम्पन्न दाबी भुक्तानी लगायतका समाचारले स्थान पाए ।

यस साता बीमा समितिले संस्थागत अभिकर्तालाई लाइसेन्स दिने व्यवस्था सहित ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको छ । अब कुनै संस्थाले पनि बीमा अभिकर्ताको काम गर्न पाउने छ । त्यस्तै, बीमा समितिले कम्पनीहरुलाई परिपत्र जारी गर्दै अभिकर्ताहरुलाई असार मसान्तसम्म कर्जा असुलीको लागि दवाव नदिन निर्देशन दिएको छ ।

Esewa
Crest

यसै साता प्राइम लाइफले एकल तथा आवधिक भुक्तानीको सुविधा सहित ‘प्राइम शुभलाभ’ बीमा योजना बजारमा ल्याएको छ । त्यसैगरी सानिमा लाइफको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ भने कम्पनीले सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

उता महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट दिने भएको छ । कम्पनीले कोरोना जोखिमलाई ध्यानमा राखी २०७८ आषाढ मसान्त भित्र बीमा शुल्क किस्ता तिर्ने बीमितलाई ३ महिना सम्म शतप्रतिशत, ३ महिनाभन्दा माथि ६ महिना सम्म ७५ प्रतिशत र ६ महिना भन्दा माथि ५० प्रतिशत बिलम्व शुल्कमा छुट हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी यसै साता यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आवुखैरेनी शाखाले मृतकको परिवारलाई २० लाख ५६ हजार रुपैयाँ, टीकापुर शाखाले मृतककको परिवारलाई ४२ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ भने कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक बीमित पोखरा–१५ का देवराज न्यौपानेको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनश सेयर जेठ २६ गते शेयरधनीहरुको हितग्राही खातमा जम्मा गरिएको जनाएको छ । यसै साता सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले एकै दिन दुई वटा मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको, कम्पनीको टीकापुर शाखाले मृतक शोभा कुमारी बमको श्रीमान धु्रब खत्रीलाई १० लाख रुपैयाँ , बोनस रकम ३५ हजार रुपैयाँ तथा काजकृया खर्च बापत ५० हजार रुपैयाँ गरि जम्मा १० लाख ८५ हजार रुपैयाँको रकम हस्तान्तरण गरेको छ लगायतका समाचारले प्राथमिकता पाए ।

यता निर्जीवन बीमा क्षेत्रमा पनि विभिन्न गतिविधीहरु भए । यस साता आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनहरुले प्रस्तावित लाभांश पारित लगायतका प्रस्ताव पारित सहित आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको लगायतका समाचार यस साताको हेडलाइन बने ।

यसै साता बीमा समितिले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । अब यससँगै बीमा समितिले विदेशी पुनर्बीमा दलाललाई नेपालमा शाखा खोल्ने बाटो खोलिदिएको हो । अब उनिहरुलाई नेपालमा शाखा खोल्ने तथा नेपाली ब्रोकर कम्पनीमा लगानी गर्न पाउने व्यवस्था पनि यस साताको मुख्य हेड लाइन बन्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS