काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले १० प्रतिशत बोनश सेयर जेठ २६ गते जम्मा गरिएको जनाएको छ । कम्पनीको गत फागुन २५ गते सम्पन्न १८औं साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर जेठ २५ गते नेप्सेमा सूचिकृत भइसकेको छ ।
कम्पनीले साधारण सभाको प्रयोजनका लागि बुक क्लोजको समयमा शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
त्यसैगरी, भौतिक शेयर धारण गरेका शेयरधनीहरुले शेयर अभौतिकीकरण गराएपश्चात सम्बन्धित शेयरधनीको हितग्राही खातामा उक्त शेयर जम्मा गर्ने समेत जनाएको छ ।