IME Life New

लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ एन.पि प्रधानको वार्षिक तलब भत्ता ६३ लाख ३८ हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश ‘एन.पि.’ प्रधानको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ६३ लाख ३८ हजार १६० रुपैयाँ रहेको छ । प्रधानले गत आर्थिक वर्ष २०७६/७७ मा पारिश्रमिक, भत्ता, दशै खर्च, सञ्चित बिदा, बोनस समेत गरि उक्त रकम बुझेका हुन् ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृतदेखि प्रबन्ध तहसम्मका १७ जना पदाधिकारीहरुले पारिश्रमिक, भत्ता, दशै खर्च, सवारी साधन भत्ता, फिल्ड भत्ता, सञ्चित बिदा, बोनस समेत गरी तीन करोड एक लाख ४० हजार २२० रुपैयाँ बुझेका छन।

Esewa
Crest

त्यस्तै सञ्चालकहरुले बैठक भत्ता बापत ६ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस बाहेक अन्य समितिहरुले पनि बैठक भत्ता बापत ५ लाख ४ हजार रुपैयाँ बुझेको कम्पनीले जनाएको छ । यसका साथै साधारणसभाको निर्णय अनुसार अध्यक्ष र सञ्चालकहरुलाई १५ लाख बराबरको व्यक्तिगत दुर्घटना बीमा र पति पत्नी सहित समेट्ने गरी ३ लाख बराबरको औषधोपचार बीमा गरिएको र अध्यक्ष तथा सञ्चालकहरुलाई मोबाइल, इन्टरनेट, पत्रपत्रिका, इन्धनको लागि प्रति महिना प्रतिव्यक्ति ५ हजार रुपैयाँ उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीले आज १६ औ वार्षिक साधारणसभा सम्पन्न गर्दैछ । शेयरधनीहरुले भने आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांस र यति बराबरको बोनस शेयर पाउने भएका छन् । साधारणसभाले उक्त लाभांस पारित गर्ने वित्तीकै शेयरधनीले उक्त लाभांस प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS