काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्ताव पारित सहित आज जेठ २७ गते विशेष साधारणसभा गर्दै छन् । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको छ ।
दुबैले भर्चुअल माध्यमबाट विशेष साधारणसभाका लागि शेयरधनीहरुलाई आह्वान गरेका छन् । यस अगाडी बैंक र फाइनान्सका दुबै पक्ष विचमा मर्जरको सहमतिपत्रमा सम्झौता भइसकेको छ । विशेष साधारणसभाले प्राप्तिको प्रस्ताव पारित गर्ने वित्तीकै एकिकृत कारोबारको प्रक्रिया अगाडी बढाउने छन् ।
हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । फाइनान्सलाई प्राप्ति गरे पछि बैंकको चुक्ता पूँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ ।