काठमाडौं । आज दिनभरिमा २ सय २१ वटा कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।
पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने कामना सेवा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडबिल फाइनान्स, गोर्खाज फाइनान्स, गृहेश्वरी मर्चेन्ट बैंकिङ्, जानकी फाइनान्स, मञ्जुश्री फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।