काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) नेप्से परिसूचक ० दशमलव २१ अंकले घ्ट्दा २९०६ दशमलव ७० को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा २ सय २१ वटा कम्पनीको ३ करोड ५४ लाख ७४ हजार ४ सय १४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको ६२ करोड १७ रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । निफ्राकोे ४६ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स र आइसीएफसी फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने कामना सेवा विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
लक्ष्मी बैंकका लगानीकर्ताले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २ दशमलव ९० प्रतिशतका दरले गुमाएका छन् ।
नेप्से सामान्य अंकले घट्दा १५ अर्ब ८१ करोडको शेयर कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक
![](https://insurancekhabar.com/wp-content/uploads/2021/06/Screenshot_1-5.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)