IME Life New

युनियनले ल्यायो घातक रोग सम्बन्धी सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधा अनुसार कम्पनीले जारी गरेका बीमा योजनामा थप शुल्क भुक्तानी गरी घातक रोगको सुरक्षा गर्न सकिन्छ ।

घातक रोग सम्बन्धी सुविधा लिनको लागी कम्पनीले जारी गरेको कुनै बीमा योजना खरिद गरेको हुनुपर्नेछ । अधिकत्तम ५० लाखसम्मको जीवन बीमा योजनामा यो अतिरिक्त सुविधा लिन सकिन्छ । विमितको उमेर भने न्यूनतम १६ र अधिकत्तम ६० हुनुपर्नेछ । बीमा योजना अवधिमा न्यूनत्तम ५ र अधिकत्तम ३५ हुनुपर्नेछ ।

Esewa
Crest

घातक रोग समावेश हुने जीवन बीमा योजनाहरु:

सिमित भुक्तानी सावधिक जीवन बीमा योजनाहरु
अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना
सावधिक जीवन बीमा योजना
सावधिक तथा आजीवन जीवन बीमा योजना
सामूहिक म्यादी जीवन बीमा योजना (मुनाफा रहित)
बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना
सिमित भुक्तानी (सावधिक तथा आजीवन) जीवन बीमा योजना

बीमितले प्राप्त गर्ने सुविधाहरु:

यो सुविधा अन्र्तगत कम्पनीले तोकेका १८ वटा घातक रोग लागेको प्रमाणित भएमा कम्पनीले बिमांक रकम बराबर दाबी भुक्तानी गर्छ । तर, यस सुविधा प्रयोग गर्नका लागी ९० दिनको प्रतिक्षा अवधि हुनेछ । अर्थात् यो सुविधा लिएको ९० दिन पछि मात्रै सुविधा प्रयोग गर्न पाईनेछ । बीमितलाई घातक रोग लागेको मान्यता प्राप्त चिकित्सकबाट पहिचान भएको मितिबाट ३० दिनसम्म घातक रोग देखा परिरहेमा शर्तहरुको अधिनमा रहि मूल बीमांक रकम बराबर वा अधिकत्तम बीमांक रकम ५० लाखसम्म भुक्तानी हुन्छ ।

योजनाले सुरक्षा दिने रोगहरु

कडा प्रकृतिको क्यान्सर
नियमित डायलासिसको आवश्यकता पर्ने गरी मृगौला फेल
निरन्तर लक्षण सहितको मल्टिपल स्क्लेरोसिस
प्रमुख अंग वा वोनम्यारो प्रत्यारोपण
ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मत
ओपन चेष्ट सिएविजि
स्थायी रुपमै भएको हातखुटटाको पक्षघात
माइयोकार्डिबल इन्फ्राक्सन (कडा प्रकृतिको पहिलो ह्दयघात)
स्थायी लक्षणको रुपमा देखिएको मस्तिष्क घात
बेनाग ब्रेन टयूमर
अल्जाईमर्स रोग
बिशेष कडा प्रकृतिको कोमा
कलेजोको बिफल अन्तिम चरणमा
पार्किन्सन्स रोग
एओर्टा ग्राफट सर्जरी
थर्ड डिग्री बर्न (पोलेको)
बहिरोपना
बोल्ने क्षमता हराएको

यो सुविधा लिनको लागी ५० बर्ष भन्दा माथि रहेको अवस्थामा जनरल मेडिकल परिक्षण, १२ लिडको इसिजी, छातीको एक्सरे, यूरिन परिक्षण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS