काठमाडौं । इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्तले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ ।उक्त रेटिङ निष्काशनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय हो ।
लघुवित्तले आठ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले हालसम्म नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) मा निवेदन भने पेश गरेको छैन ।लघुवित्तले आइपीओ निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।