IME Life New

लाभांश प्रस्ताव गर्न ४ निर्जीवन बीमा कम्पनी मात्र बाँकि, कुन-कुनले गरे बुक क्लोज र एजिएम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष सकिएको ११ महिना बित्न धेरै दिन नहुदा  ४ निर्जीवन बीमा कम्पनीहरुले अझै २०७६ /७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांश वितरण गर्न सकेका छैनन् । यस अवधिसम्ममा नेप्सेमा सुचिकृत १८  निर्जीवन बीमा कम्पनीहरुमध्ये ४ वटा (सानिमा जनरल इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा  कम्पनी) कम्पनीहरुले मात्र लाभांश घोषणा गर्न नसकेका हुन् । बाँकी १३ वटा बीमा  कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका अधिकांश निर्जीवन बीमा कम्पनीहरुले साधारण सभा समेत गरिसकेको अवस्था छ भने कतिपय कम्पनीहरुले साधारण सभाको मिति तय गरी सभाको पर्खाइमा रहेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको हकमा आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र कम्पनीले लाभांश घोषणा गरेर स्वीकृतीका लागि बीमा समितिमा पठाई उक्त लाभाश समितिबाट स्वीकृत गराई  कम्पनीको साधारणसभाले पारित गरिसक्नु पर्ने प्रावधान रहेको छ । तर कतिपय कम्पनीहरुले भने लाभांश  समेत घोषणा गरेका छैनन् ।

सबैभन्दा धेरै लाभांश घोषणा गरेको कम्पनी
आर्थिक वर्ष २०७६ /७७ को लागि लाभांश घोषणा गरेका १३ वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले घोषणा गरेको छ । कम्पनीले २७ दशमलव २२ प्रतिशत बोनश शेयर र १ दशमलव ४६ नगदसहित २९ दशमलव २३ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश (बोनस शेयर) शेयरधनीहरुको हिताग्राही खातामा समेत जम्मा गराइसकेको छ।

Esewa
Crest

लाभांश प्रस्ताव गरेर बुक क्लोज गर्न बाँकि  रहेका कम्पनीहरु
आर्थिक वर्ष २०७६/ ७७ को ३ कम्पनीहरुले लाभांश घोषणा गरी बुक क्लोज गर्न बाँकी रहेका छन् । सगरमाथा इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरिसकेका छन् भने बुक क्लोजको मिति तय गरेका छैनन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ दशमलव ५७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले १६ दशमलब ३२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ दशमलव ५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ८२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

(यी कम्पनीको बुक क्लोज मिति तय भएको छैन् । त्यसैले बुक क्लोज हुनुभन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले यी तीन कम्पनी लाभांश प्राप्त गर्न सक्नेछन् ।)

लाभांश प्रस्ताव गरेर बुक क्लोज भइसकेका कम्पनीहरु
लाभांश घोषणा गरेका १३ वटा कम्पनीहरुमध्ये १० वटा कम्पनीले आर्थिक वर्ष २०७६/ ७७को साधारण सभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् । शिखर इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, प्रडेन्सियल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बुक क्लोज गरिसकेका छन् ।

साधारणसभा गरेका कम्पनीहरु
अजोड इन्स्योरेन्स कम्पनीले साधारणसभा गरिसकेको छ । तर अजोड इन्स्योरेन्स कमपनीले भने यस वर्ष शेयरधनीहरुलाई हात खालि बनाएको छ । यस वर्ष कम्पनीले लाभांश दिएको छैन् । त्यस्तै, शिखर इन्स्योरेन्स ,प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भइ प्रस्तावित लाभांश पारित भइसकेको छ ।

बुक क्लोज भइसकेका तीन कम्पनीको साधारण सभा हुन बाँकी
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा जेठ २८ गते हुँदैछ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारण सभा जेठ २८ गते गर्दैछ भने सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि आफ्नो १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS