काठमाडौं ।नेप्सेमा सूचीकृत २ सय १९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिदबिक्री हुँदा ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्रिय बीमा कम्पनी र सानिमा माई हाईड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ भने मञ्जुश्री फाइनान्सको शेयर ९ दशमलव ९७ प्रतिशतले बढेको छ।
त्यस्तै, प्रोगेसिभ फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स, गृुहेश्वरी मचेन्र्ट बैंकिङ्, आईसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।