IME Life New

सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्छ : अर्थ सचिव शिशिर कुमार ढुङ्गाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थ सचिव शिशिर कुमार ढुगांनाले कोरोना बीमाको दाबी भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पोष्ट बजेट छलफलमा आफ्नो मन्तव्य राख्दै ढुगांनाले कोरोना बीमा मापदण्ड अनुसार सरकारले दाबी भुक्तानी गर्ने बताएका हुन् । उनले भने ‘बजेट निर्माणको दाववमा परेकाले यसलाई अगाडी बढाउन नसकेका हौ । बजेट पछि यसलाई अनालाइसिस गरेर केहि गर्छौ ।‘

उनले थपे ‘कोरोना बीमाको लागि नेपाल सरकारले दिएको सहमति बमोजिम जारी भएको कार्यविधि अनुसार साढे तीन अर्ब भन्दा माथिको दाबी परेपछि नेपाल सरकारले भुक्तानी गर्छ ।

Esewa
Crest

बीमितिले विगत लामो समयदेखि कोरोना बीमाको दाबी भुक्तानी पाउन सकेका छैनन् । यसका लागि बीमा कम्पनीहरुमा ७/८ अर्ब भन्दा माथिको दाबी भुक्तानीको निवदेन परिसकेको छ । तर बीमा कम्पनीले पुलमा भएको साढे तीन अर्ब रुपैयाँ र नेपाल सरकारले भुक्तानी गरेको ४५ करोड रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । तर सरकारले आफु माथि ठुलो दायित्व परे पछि दाबी भुक्तानी गर्न चाहिरहेको छैन ।

सरकारले आर्थिक सर्वेक्षण तथा आगामी आर्थिक वर्षको बजेटमा कोरोना बीमाको विषयमा केहि पनि खुलाएन । आर्थिक सर्वेक्षणमा अर्बौ रुपैयाँको दायित्व नखुलाइनुले कोरोना बीमाको दाबी भुक्तानी नहुने हो कि भन्ने संसय पैदा हुँदै आएको छ । चालु आर्थिक वर्षको बजेटमा प्राथमिकताका साथ ल्याइएको कोरोना बीमा अन्तर असफल भएको छ । बीमा समितिले जारी गरको असफल यस बीमा योजनाले बजारमा गलत सन्देश प्रवाह भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS