IME Life New

निर्जीवन बीमा कम्पनीहरुको भुक्तानी हुन बाँकि दाबी रकम १७ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६ /७७ को तेस्रो त्रैमासको अवधिसम्ममा १५ अर्ब ८ करोड ४१ लाख ७० हजार रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीहरुको १२ अर्ब ८९ करोड ६२ लाख ६५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकी रहेको थियो । गत आर्थिक बर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको भुक्रानी हुन बाँकी दाबी रकम १७ प्रतिशतले बढेको हो ।

तेस्रो त्रैमासको अवधिसम्ममा सबैभन्दा धेरै बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको कम्पनीमा प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । समिक्षा अवधिमा कम्पनीको  २ अर्ब १८ करोड रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकी रहेको छ। गत आर्थिक बर्षको तुलनमा कम्पनीको बीमा दाबी भुक्तानी हुन बाँकी  रकम ४६ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी बीमा दाबी  १ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको समिक्षा अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी बीमा दाबी रहेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको १ अर्ब १८ करोड रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १ अर्ब १७ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीको १ अर्ब १७ करोड रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको १ अर्ब ९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीको ९८ करोड ८० लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ८७  करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीको ८२ करोड ९७ लाख रुपैयाँ, ओरियण्टल इन्स्योरेन्स कम्पनीको ७१ करोड २५ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी गर्न बाँकि रहेको छ।

Esewa
Crest

त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनीको ६९ करोड १३ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ६३ करोड ११ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ५४ करोड ७४ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको ४२ करोड ३३ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीको २५ करोड ८६ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योेरेन्सको २३ करोड ९४ लाख रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सको १६ करोड ९२ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको ३ करोड ४३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी हुन बाँकि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS