काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहमा रिक्त रहेको सञ्चालकमा दिपेश खेतान(अग्रवाल) लाई नियुक्त गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले खेतानलाई आगामी वार्षिक साधारण सभा नहुन्जेलसम्मका लागि सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।


















