IME Life New

आइएमई जनरललाई बीमा समितिले दियो हकप्रद निष्काशन गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको छ । कम्पनीले गत बैशाख १२ गते सम्पन्न गरेको २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

साधारणसभाबाट पारित भएको हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव स्वीकृतिका लागि कम्पनी बीमा समिति पुगेको थियो । साधारणसभाबाट प्रस्ताव पारित गरिसकेकोले स्वीकृति प्रदान गरिएको समितिले जनाएको छ ।

Esewa
Crest

अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको सूचना अगाडी नै चुहावट भएर दोस्रो बजारमा इन्साइडर कारोबार भएको भन्दै चर्को विरोध भए पछि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले हकप्रद शेयर निष्काशनको प्रस्ताव सार्वजनिक गर्नु अगाडी बीमा समितिको स्वीकृति लिनु पर्ने बताएका थिए । सोहि समयमा समितिले हकप्रद शेयर निष्काशनको घोषणा गरेका सबै कम्पनीलाई रोक्ने भन्दै अभिव्यक्ति दिएको थियो ।

यहि सन्दर्भमा आइएमई जनरलको हकप्रद शेयर निष्काशन प्रकृयाँ पनि रोकिने समितिले जनाएको थियो । बीमा समितिको सोहि अभिव्यक्तिका कारण कम्पनीको हकप्रद शेयर निष्काशन अन्योलमा परेको थियो ।

कम्पनीले २३ औ वार्षिक साधारणसभा प्रस्तावित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको र बीमा समितिबाट पनि अनुमति पाए सँगै कम्पनीले अब  नेपाल धितोपत्र बोर्डमा निवेदन दिने छ ।

प्रस्तावित ७ प्रतिशत बोनस शेयर पारित पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यहि पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । मंगलबार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १४१६ रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन गर्ने सूचनाले कम्पनीको शेयर मूल्य दोस्रो बजारमा लगातार बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS