IME Life New

महिला सहयात्रालाई प्राप्ति गर्ने प्रस्ताव सहित नेशनल माइक्रोफाइनान्सले बोलायो एसजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा जेठ २५ गते हुने भएको छ । उक्त सभा संस्थाले आफ्नै केन्द्रिय कार्यालय धादिङमा बिहान ११ बजे गर्ने जनाएको छ ।

कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने संस्थाले बताएको छ ।

Esewa
Crest

सभाले यस लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, महिला सहयात्राको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता कायम गर्ने गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि जेठ १७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । त्यसैले जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS