IME Life New

निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष २५% ले बढ्यो, कोषमा १३ अर्ब ९१ करोड संचिती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७७ /७८ को तेस्रो त्रैमाससम्ममा वित्तीय विवरण प्रकाशन गरेका १९ निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषमा १३ अर्ब ९१ करोड ७३ लाख १५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुको बीमा कोषमा ११ अर्ब ११ करोड ८४ लाख ४३ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको बीमा कोषमा २५ दशमलव १७ प्रतिशतले रकम बृद्धि भएको हो ।

यस अवधिसम्ममा वित्तीय विवरण प्रकाशन गरेका १९ कम्पनीमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको बीमा कोष बलियो देखिएको छ । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा २ अर्ब ३८ करोड ५० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब १९ करोड ७९ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक  वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ८ दशमलव ५१ प्रतिशतले बढी हो ।

दोस्रोमा  शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव १८ प्रतिशतले बीमा कोष  बृद्धि गरी १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

Esewa
Crest

तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बीमा कोषमा १ अर्ब ७१ लाख रुपैयाँ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ३८ दशमलव ३५ प्रतिशतले बढी हो ।

चौथोमा एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ। यस अवधिसम्ममा  कम्पनीको बीमा कोषमा १ अर्ब २७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार १५ दशमलव १३ प्रतिशतले बढी हो ।

त्यसैगरी यस अवधिसम्ममा सगरमाथा इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ९५ करोड ६६ लाख, सिद्धार्थ इन्स्योरेन्स कम्पनीकोे ९२ करोड २९ लाख, ओरिएण्टल इन्स्योरेन्स कम्पनीको ९१ करोड ७६ लाख, प्रिमियर इन्स्ययोरेन्स कम्पनीको ८१ करोड ५ लाख, प्रभु इन्स्योरेन्स कम्पनीको ७८ करोड ८९ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ७१ करोड, हिमालयन जनरल इन्स्ययोरेन्स कम्पनीको ६० करोड ७४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सको ६० करोड ५ लाख, नेपाल इन्स्योरेन्स कम्पनीको ५० करोड ७१ लाख रुपैयाँ रहेको छ ।

५० करोडभन्दा कम बीमा कोष भएका कम्पनी
आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बीमा कोषमा ४५ करोड ३२ लाख, एभरेष्ट इन्स्योेरेन्सको ४० करोड ८ लाख, यूनाइटेड इन्स्योरेन्सको ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, अजोड इन्स्योरेन्सको ९ करोड २९ लाख, जनरल इन्स्योरेन्सको ८ करोड ८४ लाख, सानिमा जनरल इन्स्योरेन्सको ८ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

बृद्धिको आधारमा हेर्ने हो भने यस अवधिसम्ममा सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा कोषको आकार बढाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा कोष १२१ दशमलव ३७ प्रतिशतले बृद्धि गरी ४५ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा २० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS